• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुई थान पेस्तोल र म्यागजिनसहित एक युवक पक्राउ

दुई थान पेस्तोल र म्यागजिनसहित एक युवक पक्राउ

राजविराज, ०५ मंसिर । सिरहाको कल्याणपुर नगरपालिकाबाट एक युवकलाई दुई थान पेस्तोल र त्यसमा लाग्ने दुई थान म्यागजिनसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय कल्याणपुरको सादा पोशाकका संयुक्त टोलीले वटा नम्वर २ चतरीघाटबाट वडा नम्वर ३ इटारीप्रसाहीका २१ वर्षीय अहमद मियाँलाई पक्राउ गरेका हुन् । गोप्य सुचनाको आधारमा खटिएको टोलीले मियाँको साथ मेड इन युएसए लेखिएको ७ र ९ एमएमको दुई थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने दुई थान खाली म्यागनिज बरामद गरिएको एसपी उमाप्रसाद चतुर्वेदीले बताए । मियाँमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।