• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छिन्नमस्ता गाउँपालिकामा उपनिर्वाचन

वडाध्यक्ष पदका सात जनाको उम्मेदवारी दर्ता
छिन्नमस्ता गाउँपालिकामा उपनिर्वाचन

राजविराज, २७ कात्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ वटा राजनितिक दल र एक स्वतन्त्र उम्मेदवार गरी ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनितिक दलतर्फ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अच्छेलाल यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रमिलादेवी यादव, नेपाली काँग्रेसबाट शिवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गजेन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादव र नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साहले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रबाट नुरहुसन मन्सुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।
उनले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि बुधवार उम्मेदवारी दर्ता गराउने समय तोकिएअनुसार उनीहरुले उम्मेदवारी दर्ता गराएको बताए । वडा नम्वर ७ मा हुन लागेको निर्वाचनको लागि एक मतदान स्थल र दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए । सो वडामा छ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय ३ मतदाता रहेका छन् ।
०७४ को निर्वाचनमा राजपाबाट निर्वाचिन भएका वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि सो पद रिक्त हुन पुगेको छ ।