• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

केही व्यक्तिको स्वार्थले प्रतिष्ठान निर्माण प्रक्रियामा अवरोध आयो : मन्त्री यादव (भिडियोसहित)

‘एक त प्रतिष्ठानकालागि आवश्यक पर्ने अनुपातमा जग्गा पहिलेदेखि नै कम छ, त्यसमाथि अवरोधले जग्गा प्रतिष्ठानको नाममा गईसकेकै छैन् ।’
केही व्यक्तिको स्वार्थले प्रतिष्ठान निर्माण प्रक्रियामा अवरोध आयो : मन्त्री यादव (भिडियोसहित)

राजविराज, १४ कार्तिक । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले केही व्यक्तिहरुको स्वार्थले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण प्रक्रियामा अवरोध आएको बताएका छन् ।
सप्तरीको राजविराजमा विहिवार आयोजना गरिएको शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रतिष्ठान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेपनि स्थानीय केही व्यक्तीहरुले प्रतिष्ठानकालागि भनिएको जग्गामा विवाद खडा गरेपछि प्रक्रिया अवरोध भएको बताए ।
‘निर्णय भएसँगै गठन आदेशबाट बोर्ड गठन भयो, सरकारको निति तथा कार्यक्रममा पनि आयो’ उनले भने–‘राष्ट्रपतिको सम्वोधनसँगै ४० करोड रुपैयाँ बजेट पनि विनियोजन भईसकेको छ ।’ तर, अहिले आएर केही व्यक्तिहरुले चारैतिरबाट प्रतिष्ठानकालागि भनिएको जग्गा चिर्थोने कार्यमा लागेकाले प्रक्रिया नै अवरोध भयो, उनले भने ।


समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले सवै कुरा अघि बढेर पनि अवरोधकै कारण अझैसम्म जग्गा प्रतिष्ठानको नाममा नआएकोले अबको प्रक्रियामा ढिलाई भईरहेको बताए । ‘प्रतिष्ठान बन्ने भईसकेपछि चारैतिरबाट जग्गा चिर्थोने कार्य सुरु भएको छ’ उनले भने–‘एक त प्रतिष्ठानकालागि आवश्यक पर्ने अनुपातमा जग्गा पहिलेदेखि नै कम छ, त्यसमाथि अवरोधले जग्गा प्रतिष्ठानको नाममा गईसकेकै छैन् ।’
उनले सप्तरीको विकासमा सप्तरीकै केही व्यक्तिहरुले अवरोध खडा गरेको देखेर दुःख लागिरहेको बताए । ‘जिल्लाको विकासमा सवैको सहयोग र साथ आवश्यक हुन्छ’ उनले भने–‘केही सहयोगीको भुमिकामा छन् पनि, प्रतिष्ठान निर्माण प्रक्रियामा अवरोध कडा गर्ने पनि बाहिरको होइन् ।’
प्रदेश २ का भुमि व्यवस्था, कृषि सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशलाई ‘मधेश प्रदेश’ नामाङ्कन गर्ने प्रस्ताव अघि बढेको बताए । उनले सवैको सहमतिमै ‘मधेश प्रदेश’ नामाङ्कन गर्ने प्रस्ताव गरिएकोले पारित पनि हुने विश्वास व्यक्त गरे । ‘जनभावनालाई कदर गर्दै प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्ने सवैबीच सहमति जुट्यो’ उनले भने–‘सो प्रस्ताव पारित हुने कुरामा कतै पनि दुईमत छैन् ।’
पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादवले पछाडी पारिएका जनताको अधिकार संरक्षण गर्ने सवालमा पार्टी कटिवद्ध भएर कार्य गरिरहेको बताइन् ।

उनले मधेशी, जनजाति–आदीवासी, दलित, मुस्लिम लगायतका समूदायको अधिकार पूर्ण रुपमा सुनिश्चित नदिएसम्म चुप लागेर नबस्ने बताइन् । ‘मुल कुरा संविधान संशोधन हो, संशोधनतर्फ पार्टीले पाएको आश्वास अझै पुरा हुन सकेको छैन्’ उनले भनिन्–‘संशोधन भएसँगै मधेशी, जनजाति–आदीवासी, दलित, मुस्लिम लगायतका समूदायको अधिकार पूर्ण रुपमा प्राप्ति हुन्छ, सोही कार्यमा तदारुकताका साथ पार्टी अघि बढेको छ ।’
प्रेस नेपाल, सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यद्वय अशोक यादव र भिमराज यादव, मधेस प्रदेश समितिका मुख्य सचिव शम्भुप्रसाद झा, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, पार्टीका प्रचार बिभाग प्रमुख दिनेश कुमार यादव, प्रदेस सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज सत्य नारायण यादव, प्रदेश सदस्य युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतको सहभागीता थियो । प्रेस नेपाल, सप्तरीका सचिव जितेन्द्र कुमार झाले सञ्चालन गरेको कार्यक्रममा प्रेस नेपालका केन्द्रिय सदस्य वैद्यनाथ यादवले स्वागत गरेका थिए ।