• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अन्डर नाइन्टिन नेपाली क्रिकेट टोलीमा सप्तरीका विवेक

अन्डर नाइन्टिन नेपाली क्रिकेट टोलीमा सप्तरीका विवेक

राजविराज, १३ कार्तिक । भारतीय क्रिकेट बोर्डको आयोजनामा भारतमा सञ्चालन हुने १९ बर्ष मुनिको च्यालेन्जर्स ट्रफी प्रतियोगिताकोलागि बुधवार ऋतु गौतमको कप्तानीमा चयन भएको टोलीमा सप्तरीका बिवेक यादव पर्न सफल भएको छ ।
घरेलु क्रिकेटमा स्तरीय प्रदर्शन गर्दै आएको बिवेक निरन्तर बन्द शिविरमा पर्दै आए पनि यस पटक राष्ट्रिय टोलीमा पर्न सफल भएको छ । राजदेवी क्रिकेट एकेडेमीबाट आफ्नो क्रिकेट जिवनको शुरुवात गरेका विवेक घरेलु क्रिकेट बजाज खडक वारियर्सका तर्फबाट खेल्दै आएको छ । १६ बर्षिय बिवेक मिडियम पेस बलिङ्ग तथा मध्यक्रमका आक्रमक ब्याट्सम्यान हुन । उनी कुनै पनि बखत आफनो प्रयासले खेल परिर्वतन गर्न सक्ने क्षमता राख्ने खेलाडि हुन् ।
बुधवार घोषणा भएको १६ जनाको टोलिमा विवेकसँगै टोलीको जिम्मेवारी ऋतु गौतमलाई दिइएको छ भने टोलीमा लोकेश बहादुर बम, तिर्थराज दास, बिशाल बिक्रम केसी, खड्ग बहादुर बोहरा, अभिशेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, सुर्य तामाङ्ग, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी र तिलकराज भण्डारी लगायतका खेलाडि छन् भने वैकल्पिक खेलाडिमा दिपक बोहोरा, र्दुगेस गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा लगायतलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख प्रशिक्षक जगत टामाटा, १९ बर्ष मुनिका राष्ट्रिय टोलीका प्रशिक्षक बिनोद दास र छनौट समिति सदस्य राजु खडकाले चयन गरेका हुन ।
नेपाली टोली आगामी नोभेम्वर ९ मा हैदरावाद प्रस्थान गर्नेछन् भने प्रतियोगितालाई लिष्ट ए को मान्यता दिइएको छ । प्रतियोगिता नोभेम्वर ११ देखि १७ सम्म सञ्चालन हुनेछ ।