वृजमान तामाङ
बिरेन्द्र बजार, १० कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका ८ जना किसानलाई नगद पन्द्रह हजार सहित कम्पोष्ट किट हस्तान्तरण गरेको छ ।
ओपन नेपालको सहयोगमा स्पाईरल फार्म हाउस बसन्तपुरद्वारा आइतबार किसानहरुलाई नगद र उपकरण सहयोग गरेको हो । स्पाईरल फार्म हाउसका सञ्चालक सुदर्शन चौधरीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले किसानहरुलाई सहयोग हस्तान्तरण गरे ।
कृषि उपकरण र नगद हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले आर्गा्निक मल उत्पादन र प्रयोगमा किसानहरुलाई प्रत्साहन गर्न नगद र कृषि उपकरणको सहयोगले टेवा पुग्ने बताए । गाउँपालिकाले गर्ने काम स्पाईरल फार्म हाउसले गरेको भन्दै प्रशंसा गरे । उनले किसानहरुलाई आर्गानिक मल उत्पादन र प्रयोगका लागि पुर्ण सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
अग्निसाईर कृष्णासवरन ६ का वाडा अध्यक्ष कुसुम आचर्यले आर्गा्निक मल उत्पादनले वडामा मलखादको समस्या समाधान भएको बताईन । कार्यक्रममा भृगृनाथ चौधरी, जागेश्वर चौधरी, चन्दन चौधरी, गिरिजा चौधरी, ललित चौधरी, सुखिलाल चौधरी र बिजय चौधरीलाई नगद र कृषि उपकरण प्रदान गरेको आयोजकले जनाएको छ ।
मास्टर डिग्री गरेका स्पाईरल फार्म हाउस बसन्तपुरका सञ्चालक चौधरीकोले बिगत ७ बर्षदेखि गाउँमै कम्पोष्ट मल उत्पादन र बिक्री बितरण गर्दै आएका छन् । उनले सिपिपी, कम्पोष्टिक, बिडि ५००, भर्मी कम्पोष्ट, सोलिङ कम्पोष्ट गरि ६ किसिमका मल उत्पादन गर्दै आएका छ्न ।