राजविराज । जनकपुरधाममा आठ ओटै जिल्लाका पत्रकार महिलाहरुको भेलाले सञ्चारिका समूह नेपालको प्रदेश नम्बर २ मा ७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
सञ्चारिका समूह नेपालकी राष्ट्रिय अध्यक्ष नितु पण्डितको अगुवाई र पूर्व अध्यक्ष निर्मला शर्मा कोषाध्यक्ष सिमा शर्माको उपस्थितिमा सर्वसम्मतिले गठन गरिएको समितिको अध्यक्षमा मनिका झा (धनुषा), उपाध्यक्षमा यमुना खनाल (सिरहा), महासचिवमा सुनिता बराल (महोत्तरी) कोषाध्यक्षमा ललिता साह (सप्तरी) तथा सदस्यहरुमा मनिता पाण्डे (बारा) निलिमा पौडेल (पर्सा) र पुष्पा थापा (सर्लाही) रहेकी छिन् ।
२०५२ सालमा स्थापना भएको सञ्चारिका समूह नेपालले देशभरीका पत्रकार महिलाहरुको उत्पादन क्षमता अभिबृद्धि तथा महिला अधिकारको पृष्ठपोषण गर्ने एक सशक्त संसथाको रुपमा काम गर्दै आईरहेको छ ।