कमलकुमार मण्डल
राजविराज, ०९ कात्र्तिक । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा महिला जागरुकता तथा पुनः प्रयोग प्याड निमार्ण सम्बन्धि दुई दिने तालिमको आयोजना गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा मयुर र प्याड बंैकको सहयोगमा तालिमको आयोजना गरिएको हो । लक्ष्मी वल्लभ नरसिंह उच्च माध्यमिक विद्यालय वभनगामाकट्टी स्थित आयोजना गरिएको तालिममा वडा नम्बर ४, ५, ६, ७ र ८ का महिलाहरुलाई सहभागीता गराइएको छ । यसैगरी पब्लिक माध्यमिक विद्यालयमा आयोजना गरिएको तालिममा वडा नम्बर १, २ र ३ का महिलाहरुको सहभागीता गराइएको जनाएको छ ।
स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाज नाराको साथ कार्यक्रममा २ सय ५० जना भन्दाबढी महिलाहरुलाई प्याड बनाउने प्रशिक्षण दिइएको छ । भविष्यमा आफ्ना गाउँपालिकाभरिका विभिन्न ठाँउहरुमा प्रशिक्षकको रुपमा काम गर्न सहभागीहरुलाई प्रशिक्षण दिइएको प्रोमिसा मिश्राले जानकारी गराइन् ।
उनले अन्य किसिमका प्याड प्रयोग गरिए पश्चात नष्ट हुने तथा बिमारी फैलने सम्भावना रहेकोले तालिममा निर्माण गर्न सिकाइएको घरेलु प्याड प्रयोग गर्दा विभिन्न किसिमका विरामी हुनबाट जोगिन सकिने र पुनः प्रयोग गर्न मिल्न सक्ने खालका रहेको बताइन् । तालिममा प्रोमिसा मिश्रा, रश्मी कर्ण, सिमा यादव, कञ्चन साह, स्मृति झा, रंजिता सिंह, पुष्पा पाण्डेयलगायतका प्याड लिडरहरुले सहभागीहरुलाई प्रशिक्षण दिइएको छ । कार्यक्रम संयोजक विट्टु मिश्राले प्रशिक्षकहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेको जनाएको छ ।