• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ का सबै विद्यालयमा साईकल वितरण गर्छौंः मन्त्री साह

प्रदेश २ का सबै विद्यालयमा साईकल वितरण गर्छौंः मन्त्री साह

विरेन्द्र बजार, ८ कार्तिक । प्रदेश नम्वर २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश नम्बर २ का सम्पूर्ण विद्यालयका छात्रालाई साईकल वितरण गर्ने बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका– ६ स्थित माध्यमिक विद्यालय तेरहौताका छात्राहरूलाई शुक्रबार साईकल वितरण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकारले छात्राहरूलाई शिक्षामा आकर्षित गर्न साईकल बितरण गर्ने अभियान ल्याएको बताउदै मन्त्री साहले अभियानलाई सफल पार्न स्थानीय र संघीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
महिला साक्षर नबएसम्म प्रदेशको बिकासले गतिलिन नसक्ने निष्कर्षका साथ छात्राहरुको शिक्षामा पहुँच बढाउन सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान ल्याएका मन्त्री साहले बताए । महिला शिक्षित भए समाजमा रहेको बालबिबाह, दाईजो लेनदेन, घरेलु हिंसा, छोराछोरी बिच हुने भेदभाव जस्ता विकृती आफै न्यूनीकरण हुने मन्त्री साहले दाबी गरे ।
कृषि क्षेत्रमा साना किसानलाई प्रोत्साहनका लागि प्रदेश २ का सबै किसानलाई दश हजार अनुदान दिने समेत घोषणा गरे । प्रमुख समस्याको रुपामा रहेको सिंचाई, मलखाद अभावलाई पुर्ती गर्ने सरकारले योजना ल्याएको जानकारी गराउदै सप्तरी सहित प्रदेशमा ३ वटा स्थानमा आर्गानिक मल कारखाना खोल्ल लागेको बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले साईकल बितरण अभियानले छात्राहरुमा पठनपाठनप्रति उत्साह जागेको बताए । उनले गाउँपालिकाको बाँकी बिधालयमा समेत साईकल बितरणकालागि प्रदेश सरकार र सरोकारवालालाई अग्रह गरे । बेटी पढाउ बेटी बचाउ अभियानकी सप्तरी संयोजक दिल कुमारी चौधरीले शिक्षा बिना जिवनको महत्व नहुने भएकोले पढाइमा ध्यान दिन छात्राहरूलाई आग्रह गरिन् ।
विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष बिश्वनाथ प्रसाद भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टी सप्तरीका नेता बृजमान तामाङ, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देबी सरदार, वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द सिंह थापा मगर, समाजवादी पार्टी रुपनी गाउँपालिकाका अध्यक्ष बलराम यादव, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष शुभनारायण यादव, पृथ्वीराज दास, ओमप्रकाश मेहता, बिष्णु बहादुर थापा मगर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक दिपेन्द्र कुमार चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दिनेश प्रसाद यादवले गरे । कार्यक्रममा मन्त्री साहले माध्यमिक बिधालय तेरहौताका ३७ जना छात्राहरूलाई साईकल बितरण गरे ।