राजविराज, ०७ कार्त्तिक । सप्तरको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाका सीताराम पण्डित (कुम्हार) लाई यतिवेला गफ गर्नेसम्म पनि फुर्सद हुँदैन् । उमेरले ६१ वर्ष नाघिसकेका पण्डितलाई विहान नहुँदै माटो संकलन गर्ने, मिलाउने र चाक (माटाका सामाग्री तयार पार्ने यन्त्र) मा हालेर माटालाई अनेको अनेक आकारमा ढाल्ने व्यस्तता हुन्छ ।
दिपावली र छठ पर्वमा प्रयोग हुने दियो, माटाको हात्ती, मटकुरी (दहि जमाउने भाँडो), धुपदानी लगायत भाँडाको बिक्री हुने गरेको माटाका भाडावर्तन तयार गर्न र सोही भाडावर्तनलाई घाममा सुकाएर रङ्गरोहन गर्नेदेखि बजारमा विक्री गर्न उनलाई भ्याई नभ्याई छ । ‘चाडपर्वको समय रहेकोले अलि धैरै नै काम गर्नुपर्छ, पछिल्लो एक सातादेखि आफ्नो दिनचर्या यस्तौ हो’ उनले भने–‘पुख्र्यौली पेशालाई निरन्तरता दिएरै आफ्नो परिवारको भरणपोषण गर्दै आएको छु।’ तर, पुख्र्यौली पेशातर्फ युवाहरुको लगाव नहुँदा यो उमेरमा पनि आफैंलाई सबैथोक गर्र्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘काम धेरै र आम्दानी कम रहेकोले पुख्र्यौली पेशातर्फ युवाहरुको रुचि नै देख्दिन’ उनले भने–‘सरकारले पनि आफुहरुको पेशा संरक्षण गर्नेतर्फ ध्यान पु¥याएको छैन् ।’ जसका कारणले युवाहरु आफ्नै गाउँठाउँमा बसेर गर्ने कामलाई छोडेर वैदेशिक रोजगारीमा जाने गरेको पण्डितले बताए । ‘यही पेशालाई केही रुपमा व्यवस्थित गर्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ’ उनले भने–‘तर व्यवस्थित गर्न पनि पैसाकै आवश्यकता पर्छ, र सरकारीस्तरबाट केही सहयोग छैन् ।’
उनले त्यसमाथि युवाहरुमा देखिएको आत्मविश्वासको कमीले भविष्यमा आफुहरुको पेशा नै संकटमा पर्ने सम्भावना पनि उस्तै रहेको दुखेसो गरे । ‘हाम्रो पुस्तासम्म त चलेकै छ, तर अबको पिंढीले पुख्र्यौली पेशालाई निरन्तरता दिन्छ जस्तो छाँटकाँट नै देख्दिन’ उनले भने–‘यही सोचेर बेलाबखत चिन्ता पर्ने गरेको छ ।’ सखुवाकै ६२ वर्षीय बद्री पण्डितलाई पनि यस्तै व्यस्तता र चिन्ता रहेको छ ।
विहिवार दिउँसो चाकमा बसेर काम गरिरहेको अवस्थामा देखिएका पण्डितले मुलुक संघीयतामा गएसँगै आफुहरुको पुख्र्यौली पेशा संरक्षणतर्फ पहल हुने आशा पलाएपनि त्यस्तो केही नपाएको बताए । ‘गाउँगाउँमा सिंहदरबारको अधिकार आएपछि केही हुन्छ भने आशा पलाएको थियो’ उनले भने–‘तर स्थानीय सरकारले पनि कुम्हार (कुमाले) समूदायको पेशा संरक्षण–सम्वद्र्धनतर्फ ध्यान दिएनन् ।’
माटो र दाउरा अभावका कारण अहिले १४ घरपरिवारको बसोवास रहेको बस्तीमा ३÷४ परिवार यसअघि नै पुख्र्यौली पेशाबाट विस्थापित भईसकेको भन्दै पण्डितले पुख्र्यौली पेशामा आधारित रहेको परिवारबाट पनि ७ जना युवाहरु विदेश पलायन भईसकेको जानकारी दिए । ‘जमिन र जङ्गलमै आधारित हुन्छ आफुहरुको व्यवसाय, बढ्दो जनसंख्याले ती दुवै कुरा अभाव हुँदै गएकोले पेशा पनि संकट परेको छ’ उनले थपे–‘कतैबाट केही नभएपछि युवाहरुलाई पनि विदेश पलायन हुन थाले ।’
उनले कुम्हार समूदायको पेशा संरक्षण–सम्वद्र्धनतर्फ पहल गर्न स्थानीय, प्रदेश र संघ सरकारलाई आग्रह समेत गरे ।