• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

साईकल वितरण सामाजिक रुपान्तरणमा कोशे ढुङ्गाः सांसद यादव

साईकल वितरण सामाजिक रुपान्तरणमा कोशे ढुङ्गाः सांसद यादव

बिरेन्द्र बजार, ६ कार्तिक । सप्तरी क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्यनारायण यादवले प्रदेश सरकारको साईकल वितरण अभियान सामाजिक रुपान्तरणमा कोशे ढुङ्गा साबित भएको कुरा बताएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित माध्यमिक विद्यालय सितापुर भुर्कीका छात्राहरूलाई बुधबार साईकल बितरण गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सांसद यादवले प्रदेश सरकारले महिलाप्रति सम्मानका साथ ल्याएको बेटी बचाउ बेटी पढाउ अभियानले महिला सशक्तीकरणमा टेवा पुग्ने बताए ।
देशको उन्नतिकालागि महिला साक्षर हुनु आबश्यक रहेकोे बताउँदै कार्यक्रमका प्रमुख अतिथि सांसद यादवले प्रदेश सरकारको अभियानले प्रदेशको नेतृत्वमा पुग्न महिलालाई सक्षम बनाउने दाबी गरे । महिलामाथि हुने हिंसा, भेदभाव न्यूनीकरण गर्न अभियान कोशेढुङा सबित भएको भन्दै सांसद यादवले बेटी बचाउ बेटी पढाउको प्रशंसा गरे ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गाउँपालिकामा साईकल वितरण गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे । प्रदेश सरकारले अघि सारेको हरेक अभियानलाई गाउँपालिकाले सहयोग गर्न तत्पर रहेको उनले बताए । समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले आगामी ५ बर्षभित्र प्रदेश नम्बर २ का महिला मुख्यमन्त्री हुने दाबी गरे । सरकारले महिलालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सार्नु त्यसैको थालनी भएको उनको भनाई थियो ।
अग्निसाईर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ अभियानका सप्तरी संयोजक दिल कुमारी चौधरी, समाजवादी पार्टी प्रदेश सभाका प्रत्यासी उम्मेदवार अशोक चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन वडा नम्बर १ का अध्यक्ष सुशील कुमार चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, साबिक गाबिस सितापुरका अध्यक्ष वसन्त चौधरी, पुर्व प्रधानाध्यापक माहाबिर प्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक अमित कुमार साहद्वारा सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरी गरे भने अभिभावकको तर्फबाट सुर्यमान तामाङले धन्यवाद मन्तव्य व्यक्त गरे । कार्यक्रममा सांसद यादवले माध्यमिक विद्यालय सितापुर भुर्किका कक्षा ८ का १९ जना छात्रालाई साईकल वितरण गरे ।