• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

आमाबुवाबाटै पीडित भइन् प्रेम विवाह गरेकी कञ्चन (भिडियोसहित)

आमाबुवाबाटै पीडित भइन् प्रेम विवाह गरेकी कञ्चन (भिडियोसहित)

राजविराज ०५ कार्त्तिक । आमाबुवाले प्रेम विवाह स्वीकार नगरेपछि सप्तरीका ९ महिनाकी एक गर्भवती महिला समस्यामा परेकी छन् ।
पर्साको विरगञ्ज उपमहानगरपालिका स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–१ का २३ वर्षीय रक्की झा र अनुभुति एजुकेशनल फाउण्डेशनमा अध्ययरत विरगञ्ज उपमहानगरपालिका–७ की १९ वर्षीया कञ्चन मिश्राबीच ३ वर्षअघि प्रम बस्यो ।
प्रेम गहिरिदैँ जाँदा रक्कीले कञ्चनका अभिभावकसमक्ष विवाहको प्रस्ताव गरे । तर, कञ्चनका बुवा मनोज मिश्रा र आमा सावित्री मिश्राले दुवैको विवाह गर्ने विषयलाई अस्वीकार गरे । र, रक्कीलाई कुटपिट समेत गरे । कुटपिट घटनाले दुवैलाई एउटा स्पष्ट निर्णय गर्न बाध्य बनायो । अन्तः अभिभावकको सहमति विना नै दुवैले विवाह गर्ने निर्णय लिए ।
२०७५ माघ ०२ गते दुवैले हिन्दु पराम्पराअनुसार विराटनगर स्थित राधा कृष्ण मन्दिरमा प्रेम विवाह गरे । विवाह गरेको डेढ महिनापछि (फागुन १७ गते) प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतकै निवासमा दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरियो ।
तर, कञ्चनको अडान अगाडी आमाबुवाको चलेन् । फलतः आमाबुवाले जबरजस्ती छुट्याउन गरेको प्रयास, प्रयासमै समेटियो । अर्कोतर्फ सहमति गराउन बसेका अधिकांश व्यक्तिले दुवैले प्रेम विवाह गरिसकेकाले छुट्याउन नहुने तर्क प्रस्तुत गरेपछि कञ्चनका आमाबुवा रिसाउँदै घरतर्फ लागे ।
त्यसपछि उनीहरुले रक्कीका आमाबुवालाई धम्क्याउन सुरु गरे । ‘हामीले बुवाआमालाई वुझाउन धेरै आग्रह गरे’ कञ्चनले भनिन्–‘तर, बुवाआमाले आफ्ना परिवारलाई अझैसम्म धम्क्याउन छोडेको छैन् ।’
झन यतिवेला पति र ससुरामाथि अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दिएपछि आफ्नोमा तनाव थपिएको उनले दुखेसो गरिन् । ‘आफुले राजीखुशीका साथ विवाह गरे’ उनले भनिन्–‘तर आमाबुवाले नै आक्रमक व्यवहार देखाईरहेका कारण अहिले आफुसहित आफ्नो परिवारमा तनाव थपिएको छ ।’
आइतवार राजविराजमा सञ्चारकर्मी गुहार्दै कञ्चनले न्यायका लागी पहल गरिदिन् सवैमा आग्रह गरिन् । ‘आफु ९ महीनाको गर्भवती रहेको अवस्थामा पनि लुकि लुकि बस्ने बाध्य छ’ उनले थपिन्–‘सुरक्षित बस्ने वातावरण मिलाई दिनहुन् पहलका लागि सवैमा आग्रह छ ।’