• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिमानाका क्षेत्रबाट लोडेड सिक्सर बरामद

राजविराज, ०५ कार्त्तिक । सिमानाका क्षेत्रबाट सप्तरी प्रहरीले सोमवार राति लोड गरिएको सिक्सर पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ताबाट खटिएको टोलीले छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सो सिक्सर पेस्तोल बरामद गरेको हो । गस्ती टोलीलाई देखेर मोटरसाइकलमा सवारमा रहेका व्यक्ति मोटरसाइकल छोडेर भागेपछि चेकजाँच गर्ने क्रममा बोराभित्र लुकाएर राखेको ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको दुई राउण्ड गोली लोड रहेको सिक्सर पेस्तोल बरामद भएको जनाएको छ ।
सोही मोटरसाइकलबाट २८ पिस कस्तुरी नामक मदिरा समेत बरामद जनाएको छ । बरामद गरिएको सिक्सर, मोटरसाइकल र मदिरा इलाका प्रहरी कार्यालय छिन्नमस्तामा वुझाएको विओपी छिन्नमस्ताका सहायक प्रहरी निरीक्षक नविन बुढाथोकीले जानकारी दिए ।