• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बोदे बरसाईनमा १५ शैय्याको अस्पताल स्थापना हुन्छ : मेयर यादव

बोदे बरसाईनमा १५ शैय्याको अस्पताल स्थापना हुन्छ : मेयर यादव

राजविराज, ०४ कार्त्तिक । बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले हरेक समुदायका आम जनताको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले नगरमा अस्पताल स्थापनाकालागि प्रक्रिया अघि बढाएको बताएका छन् ।
बोदे बरसाईन बजारमा सोमवार ‘जीवन दिप हस्पिटल प्रालि’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित हुनु नपरोस् र हरेक समूदायको आम जनताको स्वास्थ्यमा पहुँच होस् भन्ने उद्देश्यले नगरमा अस्पताल स्थापना गर्न प्रक्रिया अघि बढेको छ ।’
उनले केही समयभित्रै वडा नम्वर ५ स्थित बरसाइन बजारमा अस्पताल स्थापना हुने कार्यक्रममा जानकारी गराए । ‘१५ करोडको लागतमा अस्पतालका स्थापनाकालागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ’ उनले भने–‘यसै आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निर्माण गर्न टेण्डर प्रक्रिया समेत आह्वान गर्ने आन्तरिक तयारी रहेको छ ।’
आर्थिक समृद्धि, दिगो शान्ति, सुशासन र विकासलाई आत्मसाथ गरेर अघि बढेको भन्दै मेयर यादवले जसमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए । ‘विकास निर्माण र शिक्षातर्फ अहिलेसम्म भएको कार्यमा जनतालाई अवश्यक पनि अनुभुति भएकै होला’ उनले भने–‘अब बाँकी रहेका विकास निर्माण र शिक्षाका साथसाथै स्वास्थ्यतर्फ कार्य गरेर जनतालाई अनुभुति गराउने लक्ष्य छ ।’
मेयर यादवले सो कार्यमा सवैको साथ र सहयोग अति आवश्यक रहेकोले सवैलाई हातेमालो गर्न आग्रह समेत गरे । ‘तपाईहरुको सहयोग र साथ अति आवश्यक छ, नगरको विकास र समृद्धिमा तपाईहरु पनि हातेमालो गर्नुस्,’ उनल भने ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सर्पदंश केन्द्र चौहर्वाका अध्यक्ष विनयकुमार महासेठ, बोदे बरसाइन नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष अनोजकुमार यादव लगायत शुभकामना मनतव्य दिएका छन् ।
वडा नम्वर ५ स्थित बजारमै सञ्चालनमा आएको हस्पिटलमा ओपीडी, ल्याव, एक्सरे, भिडियो एक्सरे, इसिजी र प्रसुति सेवाका २४ सौं घण्टा इर्मेजेन्सी सेवा उपलब्ध गराएको हस्पिटलका सञ्चालक दिपेन्द्र यादवले जानकारी गराए । हस्पिटलमा अपाङ्गता भएका व्यक्ति, दलित, असहाय र जेष्ठ नागरिकलाई ओपीडी सेवामा ५० र ल्याव सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउने अर्को सञ्चालक प्रदिप चौधरीले बताए ।