• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पटाकासहितका सरसमान बरामद

राजविराज, ०४ कार्त्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टिबाट सोमवार विहान प्रहरीले पटाकासहितका सरसमान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सो पटाकासहितका सरसमान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको टोलीलाई देखेर पटाका र अवैध रुपमा सरसमान ओहरदोहर गर्ने व्यक्ति पटाका फालेर फरार भएको छ ।
सुपर बम २ प्याकेट, कमाण्डो बम १ प्याकेट, बुलेट बम ४ प्याकेट, नागिन पटाका २५ प्याकेट, चिरचिरी पटाका २ प्याकेट र चक्र १ प्याकेट पटाका साथै चुरा, बच्चाको खेलौना, कपडा बरामद गरेको जनाएको छ । उक्त पटाका र सरसमान करिब २४ हजार मुल्य बराबरको रहेको डिएसपी भारतीले जानकारी दिए ।