• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संजिलाको नेतृत्वमा समाजवादी महिलाको प्रदेश समिति

संजिलाको नेतृत्वमा समाजवादी महिलाको प्रदेश समिति

लहान, २८ असोज । समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ प्रदेश नम्वर २ को प्रदेश समितिको समायोजन कार्यक्रम संजिला यादवको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्दै बुधबार लहानमा सम्पन्न भएको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा पिंकी यादव, गिता यादव, तारा भण्डारी, सचिवमा आरती झा, सहसचिवमा मनतोरिया महरा, ज्योती भगत, शशी मित्रा माझी (मुसहर), कोषाध्यक्षमा अनिता यादव लगायतका चयन भएका छन् । समायोजन कार्यक्रममा शुभकामना व्यक्त गर्दै वक्ताहरुले महिलाहरुलाई अधिकारकोलागि महिलाहरुलाई स्वयम् सक्षम बन्दै संघर्ष गर्नुपर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणुकुमारी यादवले आरक्षणमा आधारित हुनु भन्दा सक्षम बनाउनेतर्फ महिलालाई उन्मुख हुनुपर्नेमा जोड दिए । देशमा बैकल्पिक शक्ति निर्माणको लक्ष्यका साथ अघि बढेको समाजवादी पार्टीका महिला नेतृहरुलाई सक्षमहुनुको विकल्प नरहेको उल्लेख गर्दै उनले महिला संगठनलाई सक्षम बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार मांगेर पाउने बस्तु नरहेको टिप्पणी गर्दै युग सुहाउँदो सक्षमता प्रदर्शन गर्न आग्रह गरे । समाजवादी पार्टी नेपालमै समावेशिताको नमूना रहेको उल्लेख गर्दै उनले महिला संगठनलाई समावेशी बनाउने जिम्मा अव प्रदेश समितिको रहेको बताए ।
प्रदेश सरकार महिला सवलीकरणको पक्षमा काम गरि रहेको उल्लेख गर्नु हुँदै उहाँले महिला नेतृहरुलाई आफनै घर बाट महिलालाई सक्षम बनाउने दिशामा अघि बढनुपर्ने जोड दिए । महिला नेतृ विणा यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् महिला इन्चार्ज दुर्गा शोब, सह इन्चार्ज लिला सिटौला, पवित्रा तिमिल्सिना, महिला संघका केन्द्रीय अध्यक्ष निर्मला यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।