जनकपुरधाम, १२ असोज । दशै, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरमा लाग्ने दशैं बजारको मुख्यमन्त्री लालबाबु राउतले आइतवार एक कार्यक्रम बीच समुदघाटन गरेका हुन् । उपभोक्तालाई एकै थलोबाट आवश्यक सामग्री सुपथ मुल्यमा उपलब्ध गराउने परम्पराको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले यस प्रकारको बजार बाह्रै महिना लगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औल्याए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षता एवं जनकपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा आइतवारदेखि शुरु भएको मेला अष्टमी तिथिसम्म रहने छन । प्रमुख जिल्ला अधिकारीको प्रदीप राज कणेलको अध्यक्षतामा भएको उद्घाटनसत्रमा प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष , पूर्व अध्यक्ष लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।