• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सनराईज बैंकद्वारा स्वास्थ्य परीक्षण शिविर

सनराईज बैंकद्वारा स्वास्थ्य परीक्षण शिविर

राजविराज, ९ असोज । सामाजिक क्रियाकलापमा आफ्नो सक्रितालाई निरन्तरता दिँदै सनराईज बैंकको राजविराज शाखाले बिहीवार सप्तरीमा स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।
आफ्नो स्थापनाको १२औं वार्षिकोत्सवको अवसरमा बैंकले सञ्चालन गरेको ‘संस्थागत सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मंसापुर हटियामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको हो । शिविरमा विभिन्न रोग लागेका बिरामी र अरु स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
बैंकका प्रदेश नम्बर २ का प्रमुख रोहित महासेठका अनुसार शिविरमा झण्डै २ सय ३० जना युवा, बृद्ध तथा बालबालिका बिरामीले उपचार गराएका थिए । शिविरमा डा. मनोजकुमार चौधरी, डा.उदयकुमार चौधरी र डा. प्रमोदकुमार यादवले बिरामीहरुको उपचार तथा स्वास्थ्य परीक्षण गरेका थिए ।