• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कामना सेवा बैंकद्वारा बालकलाई उपचार खर्च

कामना सेवा बैंकद्वारा बालकलाई उपचार खर्च

राजविराज, ७ असोज । महुली स्थित कामना सेवा विकास बैंक शाखाले पाँच वर्षीय बालकलाई शल्यक्रिया वापत लागेको रकम उपलब्ध गराएको छ ।
बैंकले मंगलवार एक कार्यक्रम बीच अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ जण्डौल निवासी ललित कुमार साहका पाँच वर्षीय छोरा राज साह ६ महिना अघि नै स्वर्णिम बचत खाता खोले वापत उक्त बैंकले बालकको शल्यक्रियामा लागेको ५२ हजार ७ सय ४९ रुपैयाँ भुक्तान गरेको छ । शल्यक्रिया गरेको बालकको बुबा साहका अनुसार आफुले यस बैंकमा रु एक हजारको स्वर्णीम बचत खाता खोले वापत उक्त खातामा दुर्घटना वापत सात लाख रुपैयाँ र प्रत्येक वर्ष एक लाख सम्मको बिरामी उपचार रहेकाले उक्त योजना अन्तर्गत छोराको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पिसाब नलीमा समस्या आएपछि उक्त शल्यक्रिया वापत लागेको रकम बैकले उपलब्ध गराएको बताए ।
बैंकको प्रबन्ध निर्देशक मानबहादुर चौधरीका अनुसार स्वर्णीम खाता रु एक हजारमा खोली एक लाख सम्मको उपचार बिमा प्रत्येक वर्ष पाउनुका साथै दुर्घटनामा मृत्यु वा क्षति भएको अवस्थामा सात लाख सम्म बिमा रहेको बताईएको छ ।