राजविराज, ५ असोज । सप्तरीको शम्भुनाथ र राजविराज नगरपालिकामा आईतवार भव्यताको साथ जितिया पर्व मनाएको छ । थारु महिलासभा सप्तरी, आदिवासी जनजाति महासंघ, थारु कल्याणकारी नगर समिति शम्भुनाथद्वारा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि शम्भुनाथमा जितिया पर्व मनाएको हो ।
थारु कल्याण कारिणीसभा शम्भुनाथका अध्यक्ष रुप नारायण चौधरीको अध्यक्षता तथा समाजवादी पार्टीका राजनीतिक समिति सदस्य सुशीला श्रेष्ठको प्रमुख आतिथ्य कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा शुभकामना दिदै श्रेष्ठले चाड्वाडले राष्ट्रिय एकतालाई थप बलियो बनाउने वताईन ।
उनले नेपालमा मानिने चाडवाडलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड समेत दिइन् । सरकारको दमनकारी नीतिका कारण मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले संस्कृति जेगर्नातर्फ सवैले लाग्नुपर्ने सुझाव व्यक्त गरिन् ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले अधिकार र पहिचानका लागि विभेदमा परेका सवै समुदायलाई एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
‘जितिया पबैन हमर सान, करु संरक्षण बढाउ समाजके मान’ मुल नाराका साथ आयोजित कार्यक्रममा थारु कल्याणकारिणि सभा सप्तरीका सभापति शिव नारायण चौधरी थारु, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सल्लाहकार युगुतलाल चौधरी, थारु महिला सभा सप्तरीका सभापति संसरी देवी चौधरी लगायतले शुभकामना मनतव्य व्यक्त गरे ।
थारु महिला समाजका केन्द्रिय सदस्य अम्विका चौधरीद्वारा संचालित कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरीले स्वागत गरेका थिए । राजविराजमा समेत जितिया पर्वको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो ।