राजविराज, २८ भदौ । लक्ष्मी सिंहको शब्द तथा शान्ति सदा र गुरुशरण सदाद्वारा स्वरवद्ध युवा तिमी ध्रुव तारा हौं गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लक्ष्मी सिंह र डिल्लीरमण सिंंहको सहयोग तथा सवरी संकल्प समाज गोलबाजरको समन्वयमा रिपोर्टर्स क्लव काठमाण्डौमा आयोजित कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको हो । श्रम सचिव विनोद जोशीको प्रमुख आतिथ्य तथा सङ्गीतकार साहित्यकार एवम् परमपरागत गायन तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको विशिष्ठ आतिथ्यमा आयोजित कार्यक्रममा म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।
डिल्लीरमण सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रचनाकार लक्ष्मी सिंह विपन्न समुदाय तथा तराई मधेशकी एक महिला गायिकी द भ्वाईस अफ नेपालको अडिसनबाट हेरेर प्रभावित भएको बताइन् । तत्पश्चात शान्ति सदाको गीतलाई युट्युवमा सुनेर मधेश मुलकी शान्ति सदाको लगनशिलता र संघर्षलाई नेपाली सङ्गीत क्षेत्रमा पहुँच बढाउने उद्दश्यले सहयोग गरेको बताईन ।
शान्ति सदा तथा गुरुशरण सदाका नामक च्यानलबाट सार्वजानिक गरिएको उक्त भिडियोलाई युवा जनजीवनलाई प्रभावित पार्ने गीत रहेको प्रमुख अतिथि विनोद केसीले बताए । उनले तराईका मैथिलीभाषी तथा मधेशी महिलालाई गायन क्षेत्रमा अवसर प्रदान गर्ने लक्ष्मी सिंह र डिल्लीरमण सिंहको कार्यको प्रशंसा गरे ।
सोही कार्यक्रम विशिष्ट अतिथि धिरेन्द्र प्रेमर्षी, भरत बहादुर थापा, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, वरिष्ठ कलाकार उत्तम के.सी., निर्देशक आशिक राईले गीत नेपाली जनमानसमा पुगेर सन्देश सम्प्रेसन गर्न सकियोस् भन्दै शुभकामना मन्तव्य व्यक्त गरे । उक्त म्युजिक भिडियोमा वरिष्ठ कलाकार उत्तम के.सी., लक्ष्मण चौलागाई, गोमा काफ्ले, आदित्य ठकुरी, सङ्गीता श्रेष्ठ, सन्तोष गुरुङ्ग, सावित्री भुजेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
