• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा हुने

खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा हुने

विरेन्द्र बजार, २४ भदौ । सप्तरीको खडक नगरपालिकालाई शतप्रतिशत वालवालिका विद्यालय भर्ना घोषणा गर्ने भएको छ ।
नगरपालिकाको ५ देखिमाथि तथा १२ बर्ष मुनिका सबै बालबालिका विद्यालयमा भर्ना भएकोले भदौ २९ गते शतप्रतिशत बिधालय भर्ना नगरपालिका घोषणा गर्न लागेको हो । नगरका कुनैपनि बालबालिका विद्यालयको पहुँचबाट बञ्चित हुन नरोस भनेर सेफ द चिल्ड्रेनको सहयोग तथा सबल नेपाल र नगरपालिकाको संयुक्त आयोजनामा अभियान संचालन गरि सफलता हासिल भएको मेयर हेमायु हकले जानकारी दिए ।
नगरपालिकाभित्र शतप्रतिशत बाललालिका विद्यालय भर्ना भए–नभएको भनी दुई दिनको स्थलगत अनुगमनपछि भदौ २९ गते घोषणा कार्यक्रम राखेको उनले जानकारी गराए । शतप्रतिशत बालबालिका बिद्यालय भर्ना भए–नभएको अनुगमन गर्न सोमबार र मंगलबार ३ समुह बनाएर विभिन्न गाउँ र विद्यालयमा टोली परिचालन गरिएको सबल नेपालका फिल्ड अधिकृत नीर बहादुर आलेले बताए ।
मेयर हेमायु हक, उपमेयर यासमिन सुल्तान खातुन र प्रमुख प्रशासकिय अधिकृत ईन्द्रदेव यादवको नेतृत्वमा सेफ द चिल्ड्रेनका वरिष्ट कार्यक्रम संयोजक खिलानाथ निरौला, खडक नगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र पौडेल, शिक्षक महासंघका प्रतिनिधि, सबल नेपालका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिले अनुगमन गरेको सबल नेपालका सदस्य आशाराम चौधरीले जानकारी दिए ।
अनुगमन टोलिले बिरपुर, बिसनपुर, गरुराहा, अमाहा, कमर्निया, बनौली अमरज्योतिटोल, नन्कर बनौली, बनौली टोल, सिस्वा, कल्याणपुर लगायतका स्थानमा रहेको विद्यालयमा पुगेर शिक्षक र अभिभावकसँग भेटेर बालबालिकाहरु भर्ना बारे जानकारी लिएका छन । गत बर्ष नगरपालिकामा २ सय २९ जना बालबालिका बिद्यालयमा भर्ना नभएको तथ्याङ्क रहेकोमा हाल उनिहरु सबैजना बिद्यालय जान थालेको सबल जनाइएको छ ।