• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

फोटो पत्रकार महासंघ सप्तरीको अध्यक्षमा माझी

फोटो पत्रकार महासंघ सप्तरीको अध्यक्षमा माझी

राजविराज, २२ भदौ । नेपाल फोटो पत्रकार महासंघ शाखा सप्तरीको कार्य समितिले पूर्णता पाएको छ । संघको विस्तारित बैठकबाट समितिलाई पूर्णता दिइएको छ । बैठकबाट मनोजकुमार माझीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा नविनकुमार गुप्ता, सचिवमा विद्यानन्द राम, कोषाध्यक्षमा चन्दनकुमार यादव र सह सविचमा ललिता साहलाई चयन गरिएको छ ।

यसैगरी समितिको सदस्यहरुमा शुभनारायण यादव, परिष कर्ण, भुपेन्द्र मण्डल, गोपाल गुप्ता, किशोरकुमार पासपान र रक्षा चौधरीलाई चयन गरिएको छ । समितिको सल्लाहकारद्वयमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव र पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय रहेका छन ।