राजविराज, २२ भदौ । सप्तरीको तिलाठी कोईलाडी गाउँकार्यपालिका कार्यालय तिलाठी पाठशालामा १६ औं निजामती सेवा दिवस मनाईएको छ ।
निजामती प्रशासन ,विकास ,समृद्धि र सुशासन भन्ने मुल नाराका साथ आइतवार तिलाठी कोईलाडी गाउँपालिकामा दिवस मनाईएको हो । कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाले जनतालाई चुस्तदुरुस्त सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गाउँपालिकाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा गाउँपालिका जनप्रतीनिधी, कर्मचारी तथा सम्र्पूर्ण वडाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका वडा नम्वर १ का वडाअध्यक्ष दिनेश्वर मिश्र, कार्यपालिका सदस्य राधिया देवी खंग, वडा सदस्य बिरेन्द्र मण्डल, वडा सचिवहरु राम प्रसाद सिंह, मुक्तिलाल यादव, विपद अधिकृत राजेश कुमार झा, सामाजिक शाखा अधिकृत किशोर झासहित गाउँपालिका अन्तर्गत विभिन्न शाखाका कर्मचारीहरुले निजामती सेवा दिवसको अवसरमा आ आफनो शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अवसरमा स्वागत मन्तव्य स्वास्थ्य सह संयोजक गुन्जेश्वर यादव तथा सञ्चालन गाउँपालिकाका नायव सुब्बा प्रमेश कुमार झाले गरे ।