• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा मोहर्रमको रौनक सुरु (भिडियोसहित)

सप्तरीमा मोहर्रमको रौनक सुरु (भिडियोसहित)

राजविराज, २१ भदौ । सप्तरीमा मुस्लिम समूदायहरुमा मोहर्रम पर्वको रौनक सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरुको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्वको रौनक सुरु भएको हो ।
ईशदूत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका नाति हजरत इमामे हुसैन इस्लामको रक्षाको लागि लड्दालड्दै शहीद भएको सम्झनामा हरेक वर्ष मोहर्रम पर्व मनाउने चलन चल्दै आएको जानकारहरु बताउँछन् ।
मोहर्रम पर्व इस्लामिक क्यालेण्डर अनुसार नयाँ वर्षको पहिलो महिनाको १ तारिखदेखि १० तारिखसम्म मनाइन्छ । १४४१ हिजरी अरबी तारिख सुरु भएसँगै सप्तरीसहित देश विदेशमा बसोवास गर्ने मुस्लिम समूदायमा पर्वको हर्षोउल्लास देखिएको छ ।
मोहर्रम पर्व मुसलमान समुदायको भएपनि सप्तरीका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । पछिल्लो समय हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा समेत मोहर्रम पर्व स्थापित भएकोे छ । धार्मिक सद्भावको पर्वको रुपमा परिचित मोहर्रम पर्व यस वर्ष मङ्गलवार (भदौ २४ गते) मनाउँदैछ ।