• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एनआइसी एसिया बैंकको चमत्कारै चमत्कार

राजविराज, २४ चैत्र । एनआईसी एसिया बैंक लिमिटेडले २२ वटा चमत्कारीक विशेषतासहित १५ वटा नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकको राजविराज नगरपालिका स्थित शाखा कार्यालयले आइतवार पत्रकार सम्मेलनमार्फत बैंकले २१ वर्ष पुरागरी २२औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । शाखा प्रमुख मुकेशकुमार साहका अनुसार चमत्कारीक बचत शाखा, चमत्कारीक नारी बचत खाता, चमत्कारीक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारीक बाबुनानी बचत खाता, चमत्कारीक विद्यार्थी बचत खाता ग्राहकका लागि ल्याइएको छ ।
चमत्कारीक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई केन्द्रीत गरी ल्याइएको चमत्कारीक तलब बचत खाताबारे बताउँदै उनले आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्धि गर्ने बैंकले विश्वास लिएको उनले बताए । निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख सम्मको दुर्घटना बिमा, १५ लाख सम्मकै १८ घातक रोगहरुको बिमा र १ लाख ५० हजार सम्मको औषधी उपचार बिमासमेत प्राप्त गर्ने शाखा प्रमुख साहले पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यस अतिरिक्त कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्नेगरी ल्याइएको २२ वटा चमत्कारीक योजनाका फाइदाले सबै क्षेत्र, भेग र तह–तप्काका नागरिकलाई फाइदा हुने बैंकले विश्वास लिएको बैंकका प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेले बताए । निक्षेप योजना बैंकको मुलुकभर रहेका २ सय ८१ वटै शाखा कार्यालयहरुबाट प्रदान गरिने जनाएको छ । यसैगरी बैंकले सुविधाहरु अतिरिक्त नेपालमै पहिलो पटक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु प्रदान गर्न सकिने सुविधा समेत उपलब्ध रहेको उनले बताए ।
उनका अनुसार बैंकमा हाल २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बंकिंग इकाई प्रणाली मार्फत बैंकिंग सेवा प्रदान गर्नेगरी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हाल झण्डै १५ लाख ग्राहक रहेको बैंकले केही समयभित्रै सप्तरी लगायत प्रदेशका हरेक सम्भावित बजार क्षेत्रमा शाखा कार्यालयहरु सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको प्रदेश प्रमुख न्यौपानेले जानकारी दिए ।
पत्रकार सम्मेलनको सञ्चालन राजविराज शाखा कार्यालयका कर्मचारी गोपाल प्रसाद सुवेदीले गरे ।