फत्तेपुर, २४ चैत्र । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुर स्थित त्रियुगा सहकारी सस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ ।
शनिवार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा नेकपाको प्यानलै विजयी भएको हो । सप्तरीको साबिक फत्तेपुर, कमलपुर, ओद्राहा र घोघनपुरका गरि २ हजार ४ सय ११ सेयर सदस्य मतदाता रहेको सस्थाको सञ्चालक समितिको शम्भु बहादुर खड्का विजयी भएका छन् ।
खड्काले एक हजार एक सय ६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी चन्द्रशेखर चौधरीले ७ सय ४२ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा प्यानलका उमेश यादवले १ हजार एक सय पाँच मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी रमेश दासले ७ सय ७३ मत प्राप्त गरे भने जिल्ला प्रतिनीधिमा नेकपाकै बैजु दासले १ हजार ६३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी जयप्रसाद ढुङ्गानाले ८ सय ८ मत प्राप्त गरे ।
लेखा समितिमा नेकपाका पशुपति चौधरी ले १ हजार ८९ मत प्राप्त गरे । अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रतिनीधि २ खुल्ला सदस्य २ महिला सदस्य सहित ९ सदस्य संचालक समिती र लेखा संयोजक र २ सदस्य सहित ३ सदस्य लेखा समिति चयन गरेको छ । नेकपा र संघीय समाजवादी फोरमको संयुक्त प्यानल बनाएर शम्भु बहादुर खड्काको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका थिए । प्रतिद्वन्दी नेपाली काङ्ग्रेस, रा.ज.पा. नेपाल र रा.प्र.पा को संयुक्त प्यानल बनाएर चन्द्र शेखर चौधरीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको थियो । संस्थाको सञ्चालक समिति चयन निर्वाचनमा प्रदेश नम्वर २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलदेखि सप्तकोसी नगरपालिकाका जनप्रतिनीधिहरु समेतले मतदान गरेका थिए । सञ्चालक समितिमा १९९४ र लेखा मा १९६९ मत खसेको थियो ।