• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रदेश स्तरीय क्रिकेटको दोश्रो दिनको खेलमा महोतरी र पर्सा बिजयी

प्रदेश स्तरीय क्रिकेटको दोश्रो दिनको खेलमा महोतरी र पर्सा बिजयी

राजविराज, १२ फागुन । सप्तरीको राजविराजमा सञ्चालित प्रदेश नम्वर २ स्तरीय क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा महोतरीले धनुषालाई तथा पर्साले बारालाई पराजित गरेको छ ।
मध्यमाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा महेन्द्र बहुमुखि क्याम्पसको खेल मैदानमा आईतवार सम्पन्न पहिलो खेलमा महोतरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय १० रनको योगफल तयार पारे । महोतरीका लागि कुन्दन सिंहले ३३, रितेश सिंहले नटआउट रहि २१ तथा बादल गुप्ता र मुरारी ठाकुरले क्रमशः १६ र ११ रनको योगदान दिएका थिए ।
बलिङ्गतर्फ धनुषाका प्रदीप यादव, बिशाल शुसलिंग र हरिशंकर साहले सामान २ बिकेट लिएका थिए भने बिटु चौधरीले १ बिकेट लिए । १ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेका धनुषाले १८ ओभरमा सम्पुर्ण बिकेट गुमाई ९५ रनमै समेटिए पछि १५ रनको हार ब्योहोर्न बाध्य भए ।
धनुषालाई सस्तोमा समेटन महोतरीका अरसद अंसारी र अरुण ठाकुरले सामान ३, बादल गुप्ताले २ तथा रितेश सिंह र कुन्दन सिंहले सामान १ बिकेट लिएका थिए । धनुषाका तर्फबाट बिशाल सुस्लिंग २३ र आयुश ठाकुर १६ बाहेक कसैले पनि दोहोरो अंक छुन सकेन । खेलको म्यान अफ द म्याच महोतरीका अरसद अन्सारी घोषित भए । आइतवार नै सम्पन्न एक अर्को खेलमा पर्साले बारालाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै पर्साले निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय १४ रनको योगफल तयार पारे ।
पर्साका लागि सुरज प्रसाद कुर्मीले नटआउट रहँदै ५७ बलमा ३ चौक्काको मद्दतले ४१ रनको योगदान दिएका थिए भने अन्य ब्याट्सम्यानमा सईदुल्ला अन्सारीले २७ तथा कञ्चन जंग कार्कीले ११ रनको योगदान दिए । बलिङ्गतर्फ कुमार थापाले २ तथा आशुतोष पटेल, पवन सराफ र संजम रेग्मीले सामान १ बिकेट लिए । १ सय १५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको बाराले रोमाञ्चक खेलमा अन्तसम्म प्रयास गरे पनि अन्तिम ओभरको पाचौं बलमा हासिम अन्सारीले भुवन सहनीको बिकेट लिए पछि १ रनको हार ब्योहोरे ।
बाराका लागि सुभाष यादवले ३६ बलमा ७ चौक्काको मद्धतले ४१ रन तथा कुमार थापा र तिर्थराज दासले क्रमश ः ११ र १० रनको योगदान दिए । बलिङ्गतर्फ पर्साका सैफुला अन्सारी र सोहेल अन्सारीले सामान ३ बिकेट लिए भने सैदुला अन्सारी, समसाद अन्सारी र हासिम अन्सारीले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच पर्साका सुरज प्रसाद कुर्मी घोषित भए ।
प्रतियोगिता अन्र्तगत सोमवार पहिलो खेल महोत्तरी र बारा बीच तथा दोश्रो खेल पर्सा र धनुषा बीच पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा हुने अम्पाएर संघका अध्यक्ष निरज सिंहले जानकारी दिए ।