• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज डोजो समिति गठन

राजविराज, १० असार । राजविराज डोजो समितिको आइतबार सम्पन्न एक भेलाले भन्नालाल यादवको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।
खेलकुद विकास समितिको हलमा आयोजित एक भेलाले रणधीर कुमार यादव उपाध्यक्ष, रंजीव कुमार साह, सचिव आन्नद यादव, सहसचिव र जेनिसा यादवलाई कोषाध्यक्षमा चयन गरेको छ । यसै गरी आनन्द मोहन यादव, आस्था गुप्ता, धंरञ्जय यादव, शुशान्त साह, रेणु ईसर, सुभाष चन्द्र यादव, अजय दास, आकाश कुमार झा सदस्य रहेका छन् ।
यसै गरी जिल्ला खेलकुद समितिका प्रमुख लक्ष्मण मण्डल, संघीय फोरमका नवनीत झा, संचारकर्मी देवराम यादव सल्लाहकारमा रहेका छन् । डोजोका मुख्य प्रशिक्षक सञ्जय परियारको उपस्थितिमा उक्त कार्य समिति गठन गरिएको हो । भेलाद्वारा कराँते प्रशिक्षक महेन्द्र प्रसाद साहलाई सम्मान गरिएको छ ।