राजविराज, २० चैत । ६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ग्लोवल वहुमुखि सहकारी संस्था लिमिटेडद्वारा मंगलवार जिल्लाका विभिन्न स्थानमा अन्तक्रिया कार्यक्रम आयोजना गरियो ।
जिल्लाको शम्भुनाथ र सुरुङ्गा नगरपालिकामा कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । कार्यक्रममा सहकारीको आवश्यक्ता, नागरीकको दायित्व र जिम्मेवारीका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको ग्लोवल सहकारी संस्थाका अध्यक्ष भोला रमण उप्रेतीले जानकारी दिएका छन् ।
मुठिया बचतका अवधारणाकर्ता सुखराम यादवले सहकारी मार्फत दैनिक बचत गर्ने बानीले परिवार र समाजमा आर्थिक उन्नतीमा सहयोग गर्न सकिने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत छेदी यादवको प्रमुख आतिथ्यमा आयोजित दुवै स्थानीय तहमा जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।