राजविराज, ७ चैत । सप्तरीको राजविराज–७ स्थित सुविधायुक्त न्यू जय नेपाल जेन्स पार्लर बुधबार सञ्चालन गरिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काटेर पार्लरको उद्घाटन गरेका हुन् । यस अघि हटियामा रहेको उक्त सैलुन हाल साझा पुस्तक भण्डारको उत्तरतर्फको गल्लीमा सारिएको प्रोप्राइटर महेन्द्र ठाकुरले जानकारी दिएका छन् । राजविराजकै अति पुरानो एवम् चर्चित रहेको उक्त सैलुनलाई ठाउँ परिवर्तन गरी थप व्यवस्थित एवम् आधुनिक सुविधा सम्पन्न बनाएर सञ्चालनमा ल्याएको उनले बताए ।