• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

चौथो दिनको खेलमा वडा नम्वर ६ सेमी फाइनलमा

चौथो दिनको खेलमा वडा नम्वर ६ सेमी फाइनलमा

राजबिराज, २ चैत । राजबिराजको पब्लिक माध्यमिक विद्यालयको क्रिकेट मैदानमा शुरु भएको राजबिराज नगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नम्वर ६ ले वडा नम्वर ५ लाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न अन्तिम लिग खेलमा वडा नम्वर ६ ले टस जितेर पहिलो ब्याटिंगको लागि वडा नम्वर ५ लाई निम्तो दिएपछि ब्याटिङ्ग गर्न ओर्लेको वडा नम्वर ५ निर्धारित २० ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा १ सय ७ रनमै समेटिएको थियो । वडा नं. ५ लाई सस्तोमा समेट्न वडा नं. ६ का तर्फबाट प्रशान्त राईले ३ बिकेट, अभय थापा र राहुल मण्डलले सामान २ बिकेट तथा आनन्द ईसर र उदित राईले समान १ बिकेट लिए ।
१ सय ८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ६ ले १९ ओभर ४ बलमा उक्त लक्ष्य भेटाएका थिए । वडा नम्वर ६ का लागि प्रशान्त राईले ४२ र राहुल मण्डलले २१ रन तथा उज्जवल यादवले नटआउट रहँदै १६ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ शौरभ पाण्डेयले २ तथा बिवेक चौरसिया र छोटु मण्डलले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच अलराउण्ड प्रदर्शन गरे वापत वडा नम्वर ६ का राहुल मण्डललाई घोषित गरिएको छ ।
सप्तरी क्रिकेट संघसँगको सहकार्यमा राजबिराज नगरपालिका वडा नम्वर ५ को आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्र्तगत शनिवार हुने सेमिफाईनलमा वडा नवर ४ ले ५ सँग तथा वडा नम्वर ३ ले वडा नम्वर ६ सँग प्रतिष्पर्धा गर्ने जानकारी आयोजक समितिका वडा सदस्य गंगासागर गुप्ताले बताए ।