• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

पूर्व खेलाडिहरुले राजविराजमा बनाए कभर्ड हल

पूर्व खेलाडिहरुले राजविराजमा बनाए कभर्ड हल

राजविराज, १ चैत्र । राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईसकेका पुर्व खेलाडिहरुको पहलमा राजविराजमा कभर्ड हल निर्माणले तिब्रता पाएको छ ।
पूर्व खेलाडिहरुले वर्षौंदेखि सरकारी तथा दातृ निकायको आश गर्दा पनि कभर्ड हल निर्माण नहुने भएपछि उनीहरु जनस्तरबाटै निर्माण कार्य अगाडि बढाएका हुन् । पूर्व खेलाडिहरुले व्यक्तिगत रुपमै केही रकम संकलन गरी कभर्ड हल निर्माणको थालनी गरेका थिए । अतिक्रमित हुँदै गएको जग्गा राजविराज नगरपालिका कायालयले उपलब्ध गराएको जग्गा निर्माण अन्तिम चरणमा पुगिसकेको निर्माण समितिका संयोजक समेत रहेका पूर्व राष्ट्रिय खेलाडि सचेन्द्र यादवले जानकारी दिए ।
ब्याटमिन्टन, भारत्तोलन, जुडो, कम्फु लगायतका प्रतियोगिता सञ्चालनका लागि हलको अभाव खट्किएको र त्यसका लागि पटक–पटक पहल गर्दा पनि सरकारी निकायले वेवास्ता गरेपछि चन्दा र सहयोग मार्फत निर्माण भईरहेको उनले बताए ।
राजविराज स्थित हिमालय क्लवको गत वैशाखमा सम्पन्न वैठकले कभर्ड हल निर्माण गर्ने निर्णय गरेको थियो । क्लवका अध्यक्ष अरुणकुमार प्रधान तथा खेलाडिहरु सचेन्द्र यादव, शंकर दास, महेश लुईटेल लगायतका खेलाडिहरुको पहलमा काम अघि वढाईएको थियो ।
पूर्व खेलाडिहरुले काम सुरु गरेपछि अन्य खेलाडि, समाजसेवी तथा विभिन्न उद्योगी, व्यवसायीहरुले समेत सहयागी हात बढाएको उनले जानकारी दिए । अधिकांश काम आफुहरुले आफै पुरा गरिसकेको भन्दै छानो हाल्ने, प्लाष्टर, फिनिसिङ्ग लगायतका कामहरु गर्न बाँकी रहेको बताए । बाँकी रहेका कामहरु पुरा गर्न हाल रकम अभाव भएको बताउँदै उनले भने ‘हामीले निक्कै संघर्ष गरेर अधिकांश काम सम्पन्न गरिसकेका छौं तर अहिले काम अगाडि बढाउन रकम अभाव भएको छ ।’ करिब ४० लाखको लागतमा निर्माण भईरहेको कभर्ड हलका लागि समान किनेको तिर्न वाँकी १० लाख र फिनिसिङ्गका लागि १० लाख गरी करिव २० लाख रुपैयाँ अपुग भएको उनले बताए । जस्तोसुकै संघर्ष गरेर भए पनि आफुहरुले काम पुरा गरेरै देखाउने समूहका दिपेन्द्र प्रसाद यादवले प्रतिवद्धता व्यक्त गरे ।