विरगञ्ज, १ चैत । आदर्शनगर रंगशालामा मेगा विरगञ्ज महोत्सव २०७४को उद्योग मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् ।
प्रत्येक वर्ष व्यापार मेलाको रुपमा आयोजना हुँदै आएको उक्त महोत्सव यस वर्ष पनि मेगा विरगञ्ज महोत्सव शुभारम्भ भएको हो । कार्यक्रमका प्रमुख अतिथी भौतिक योजना तथा पुर्वाधार मन्त्री सोनलले १२ दिनसम्म चल्ने मेगा विरगञ्ज महोत्सवको दिप प्रज्वलन गरी उद्घाटन गरे ।
व्यापार मेलामा मौसम अनुसार यदि हुरी बतास न आएमा करोडौंको व्यापार हुँदैआएको छ । मेलामा नेपाल र भारतका विभिन्न प्रकारका स्टल बनाई, पसलहरु राख्ने गरेका छन् । यस वर्ष १५० भन्दा बढी स्टल र बच्चाहरुले खेल्ने विभिन्न किसिम का झुलाहरु राखिएको मेगा विरगंज महोत्सव २०७४ का मो.सद्दाबले जानकारी दिए । कार्यक्रममा माओवादीका युवा नेता रहबर अन्सारी लगायतको उपस्थिति थियो ।