नेहाल खान
बिरगञ्ज, २५ फागुन । बिरगञ्ज भन्सारले अन्तशुल्क तेब्बर गरेकोमा तरकारी व्यवसायीहरुले मुख्य भन्सार अगाडि भारतबाट ल्याईएको हरियो तरकारी सडकमा फालेर बिरोध जनाएका छन ।
देशैभरी भारतबाट ल्याईएको हरियो तरकारीको प्रति किलो ५ रुपैयाँको दरले अन्तशुल्क लिने गरेको तर बिरगञ्ज भन्सारले अन्तशुल्क १५ रुपैयाँ लिंदा विरोध भएको तरकारी व्यापारी अखिलेश साहले जनाएका छन् । यसैगरी बिरगञ्ज भन्सारका अधिकृत संतोष यादवसँग जानकारी लिंदा हरियो तरकारीको प्रकारमा हामीले मुल्य शुल्क निर्धारण गरेको तर यो दर रेट बिरगञ्ज भन्सारमा बाहेक अन्य भन्सारमा नरहेको बताए ।
बिरोधले गर्दा बिरगञ्ज भन्सारको यातायात घण्टौंसम्म अवरोध भएको थियो । तीन घण्टा विरोध पश्चात हरियो तरकारी व्यापारी र भन्सार प्रमुख सेवन्त पोखरेल बिच १० रुपैयाँ किलोमा सहमति भएपछि बिरोध कार्यक्रम रोकिएको थियो ।