राजविराज, १९ फागुन । तीन वर्षको छोटो अवधीमा नवज्योत वचत तथा ऋण सहकारी संस्थाले उल्लेखनीय प्रगती गरेको भन्दै कार्यक्रमका वक्ताहरुले प्रशंसा गरेका छन् ।
राजविराजमा आयोजित संस्थाको तेश्रो वार्षिक साधारण सभामा बोल्दै वक्ताहरुले प्रशंसा गरेका हुन् । कार्यक्रमका वक्ताहरुले सहकारीको माध्यमबाट समाजिक रुपान्तरण हुनुपर्नेमा जोड दिदै नवज्योत सहकारीले ग्रामिण भेगलाई लक्षित सेवा प्रवाह गरिनु सराहनीय रहेको बताए । आगामी दिनमा सहकारीद्वारा स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्न तथा रोजगारी गर्नका लागि ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।
वार्षिक साधारण सभामा अध्यक्ष नरसिंह यादवले ४ लाख ८४ हजार १३९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रतिवेदन पेश गर्दै आगामी दिनमा गरिवी निवारण, वचत तथा ऋण लगानी, ५ सय युवालाई रोजगार, व्यसायीक फर्म, एम्वुलेन्स सेवा र विभिन्न सिपमुलक तालिम लगायतका क्षेत्रलाई अझ ब्यापक वनाउने गरी तयारी गरिएको र सोको खाका समेत प्रस्तुत गरे ।
सहकारी ऐन २०४८ अन्तर्गत २०७१ साल पुष २३ मा २६ जना सेयर सदस्यवाट प्रति शेयर ५ सयका दरले १३ हजार रुपैयाँवाट सुरु गरेको संस्थाको वजेट अहिले ८५ लाख ८१ हजार ८ सय रुपैयाँ पुगेको र शेयर सदस्य संख्या १ हजार १५१ पुगेको छ । जसमध्ये महिला शेयर सदस्य ५९८ र पुरुष शेयर सदस्य ५२३ रहेको वार्षिक साधारण सभामा प्रस्तुत गरिएको अध्यक्षीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले आफनै कोष र विभिन्न बैंकहरुको वित्तिय सहयोगहरुवाट ४ करोड २७ लाख २७ हजार ९१० रुपैयाँ लगानी गरेको छ । वार्षिक साधारण सभा मनाउने क्रममा यादवले संस्थाका सवै सदस्यहरुको मेहनत र ईमान्दारीताका कारण यो सफलता मिलेको वताए । संस्थाले आफनो कोष तथा दातृ निकायको सहयोग वाट २५ वटा महिला समुह गठन गरी २५० महिलालाई लघुवित्त कार्यक्रम अन्तर्गत आयआर्जन कार्यक्रममा सहभागी गराएको जानकारी दिईएको छ ।
कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, शिक्षक ऋषिकान्त ठाकुर, सहकारीकर्मी विश्वनाथ मण्डल, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला सहकारी संघका व्यवस्थापक रमेश गुप्ता, वडा अध्यक्षद्वय जयनारायण मण्डल, प्रेम कुमार यादव, कलाकार राघव झा, पायल झा, जिवछ दास, हरेराम यादव लगायतले सहकारीलाई थप सशक्त भएर काम गर्नुपर्नेमा जोड दिए ।
वार्षिक साधारण सभाका अवसरमा संस्थाले पत्रकारिताको माध्यमले सहकारी क्षेत्रमा योगदान पुर्याए वापत पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ठ महिलालाई सम्मान तथा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
कार्यक्रम सञ्चालन सञ्चारकर्मीद्वय जिबछ दास र विनोद ठाकुरले गरे । 
आर्थिक
नव ज्योतको लगानी ४ करोड २७ लाख २७ हजार
व्यवासाय सञ्चालन गर्न लघु कर्जा ब्यापक बनाईने