राजविराज, २६ माघ । नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीद्वारा शुक्रवार एक कार्यक्रमका बीच प्रदेश सांसद तथा पत्रकार सहित विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले सप्तरीको खडक नगरपालिका ८ बिसनपुरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरि प्रदेश सांसदहरु गोबिन्द न्यौपाने, रुवी कर्ण, दिलिप साह र फुलियादेवी सदा, पत्रकारहरु राजु विश्वकर्मा, भोला पासवान, माला कर्ण, ध्रुव कुमार मण्डल, समाजसेवी तथा राजनीतिकर्मी सुरेन्द्र प्रसाद विश्वकर्मा, एयुब राईन, बुद्धिजिवि नथुनी विश्वकर्मा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष बद्री सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुर्व बिधायक तथा माओवादी केन्द्रका नेता असर्फी सदाले राज्यको हरेक तहमा मुसहर जातीको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिए । प्रदेश सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले प्रतिष्पर्धात्मक समाजवाद नै नेपालकोलागि उपयुक्त हुने बताउँदै राज्यमा सबै वर्गको सम्मानजनक सहभागिताको लागि अझै संघर्षको आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद गोबिन्द न्यौपाने, खडक नगरपालिकाका उप–मेयर यासमिन सुल्तान, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदा, सल्लाहकार गंगा सदा, समाजसेवी तथा शिक्षक तेजबहादुर विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरे ।