• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांसदहरुको लोगोमा जानकी मन्दिर, हरियाली र किसान

धोती–कुर्ता लगाउन पाउने तर खैरो कोट वा बण्डी अनिवार्य
सांसदहरुको लोगोमा जानकी मन्दिर, हरियाली र किसान

राजविराज, १८ माघ । आगामी माघ २१ गते बस्न लागेको प्रदेश सभाको पहिलो बैठकको सन्दर्भमा विहीवार जनकपुरमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले प्रदेश सभाका सभामुख, उप–सभामुख, सांसद, मर्यादापालक र कर्मचारीहरुको पोशाक, लोगो सहितको विषयमा महत्वपूर्ण निर्णय गरेको हो । प्रदेश सभाका वरिष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षता तथा प्रदेश मुख्य सचिव रत्नेश्वर लाल कायस्थको विशेष उपस्थितिमा सम्पन्न बैठकमा सभामुख, उप–सभामुख एवम् सांसदहरुले आ–आफ्नो ईच्छा अनुसार धोती कुर्ता इत्यादी पोशाक लगाउन पाउने तर अनिवार्य रुपमा खैरो रङ्गको कोट वा बण्डी लगाउनुपर्ने निर्णय भएको प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
उनका अनुसार मर्यादापालक र कर्मचारीहरुले पाइन्ट–शर्ट लगाउनुपर्ने निर्णय भएको छ । सोही बैठकले विगतमा सांसदहरुले लगाउँदै आएको लोगोको स्वरुपमा समेत परिवर्तन गरिएको छ । लोगोमा जानकी मन्दिर, पृष्ठभूमिमा हरियाली तथा किसानको तस्विर रहने निर्णय भएको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका प्रदेश सभासद् सदस्य नेता साहले बताएका छन् ।
आगामी २१ गतेको पहिलो प्रदेश सभा बैठकको विषयमा अन्य महत्वपूर्ण निर्णयहरु भए पनि उनले थप कुरा बताउन चाहेन । सोही बैठकले हाउस, मुख्यमन्त्रीको कार्यालय, मन्त्री परिषद्को कार्यालय, प्रदेश सभा सचिवालय कहाँ राख्नेबारे विभिन्न ठाउँहरुको स्लगत अवलोकन समेत गरिएको छ ।
जनकपुर चुरोट कारखाना रहेको स्थानमा सचिवालय तथा निवास, शैक्षिक तालिम केन्द्रमा प्रदेश सभाको बैठक राखिने जनाईएको छ ।