• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शहिद दिवसमा विद्यार्थीहरुद्वारा मैनवत्ती प्रज्जवलन

शहिद दिवसमा विद्यार्थीहरुद्वारा मैनवत्ती प्रज्जवलन

राजविराज, १६ माघ । शहिद दिवसको अवसर पारेर विद्यार्थीहरुले समेत मङ्गलवार मैनवत्ती प्रज्जवलन गरी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राजविराज स्थित सप्तऋषि मल्टिपल कलेजका छात्रछात्राहरुले शहिद दशन चौकमा मैनवत्ती प्रज्जवलन गरेर शहिद दिवस मनाएका छन् । विद्यार्थीहरुले ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण समेत गरेका छन् । छात्रा अन्जु यादवको नेतृत्वमा सुषमा यादव, आरती दास, अनन्या खान, नितु यादव, डोलानन्द यादव, रबि राय, संजिव यादव, दर्पण झा, शैलेन्द्र यादव, करण मण्डल, ईन्द्रनारायण मण्डल, मो. फरान लगायतको सहभागिता रहेको थियो ।
यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका विद्यार्थीहरुले समेत शहिद दशन चौकमा मैनवत्ती प्रज्जवलन गरी शहिद दिवस मनाएको विद्यार्थी नेता रबि रायले जानकारी दिएका छन् ।
यस्तै ग्रिन नेपाल नामक संस्थाले समेत राजविराज स्थित शहिद दशन चौकमा मैनवत्ती प्रज्जवलन गरी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । संस्थाका अध्यक्ष खेलानन्द दासको नेतृत्वमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।