• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

खानेपानी संस्थानको एक करोड ११ लाख बक्यौता असुल्न बाँकी

खानेपानी संस्थानको एक करोड ११ लाख बक्यौता असुल्न बाँकी

राजविराज, १४ माघ । ग्राहकबाट बक्यौंता रकम असुल हुन नसकेकोका कारण राजविराज नगरपालिकामा धारा विस्तारको कार्य प्रभावित भएको छ ।
खानेपानी संस्थान राजविराजमा पुस मसान्तसम्म करिब एक करोड रुपैयाँ भन्दा बढी बक्यौंता रकम असुल गर्न बाँकी रहेकोले धारा विस्तार कार्य प्रभावित भएको हो । ग्राहकबाट असुली नहुँदा कार्यालयको आम्दानी समेत प्रभावित भएकोले नयाँ ग्राहक थप गर्न समस्या भएको जनाईएको छ ।
कार्यालयका अनुसार नेपाल सरकारका पूर्व सचिव लगायत संघ–संस्था, विद्यालय र व्यक्तिमाथि १ करोड ११ लाख ६० हजार ३८६ रुपियाँ ९७ पैसा वक्यौता रकम बाँकी छ । नेपाल सरकारका पूर्व सचिव विन्देश्वर प्रसाद सिंह १ लाख १२, जिल्ला साझा संघ १ लाख ३१, केशो अनिरुद्धवती माध्यमिक विद्यालय १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय १ लाख २९ हजार, प्रमेशकुमार प्रधान १ लाख २८, शंकर प्रसाद सिंह १ लाख २६, अन्जुमन मिलन १ लाख २८ लगायतसँग पानी महसुल बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ ।
बक्यौंता रकम वुझाउन कार्यालयले पटक पटक ताकेदा गर्दा पनि रकम वुझाउन नमानेका कतिपय ग्राहकको पानी काटिएको जनाएको छ । २०५६ सालदेखि संस्थानले वितरण गर्दै आएको खानेपानीको हाल राजविराज नगरपालिकाभित्र २ हजार ४७९ जना ग्राहक छन् ।