• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

काँग्रेसकै वेईमानीले राप्रपालाई पराजय भोग्नुर्याे: उप–प्रधानमन्त्री थापा

काँग्रेसकै वेईमानीले राप्रपालाई पराजय भोग्नुर्याे: उप–प्रधानमन्त्री थापा

राजविराज, १३ माघ । उप–प्रधानमन्त्री कमल थापाले संविधानमा रहेको जटिल त्रुटिका कारणले सरकार गठनमा ढिलाई भईरहेको बताएका छन् ।
कार्यकर्ता भेटघाटका लागि विभिन्न जिल्लाको भम्रणमा रहेका उप–प्रधामन्त्री थापाले शनिवार सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन् । ‘संविधान निर्माणको क्रममा सम्भावित जटिलताहरुलाई ठिक ढंगबाट सम्वोधन गर्न सकिएन’ उनले भने–‘संविधानकै त्रुटिका कारण अहिले सरकार गठन प्रकिया लम्विएको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाले यद्यपी यस्ता त्रुटिहरुलाई पार गर्ने प्रयास भईरहेको बताउदै प्रतिनिधिसभातर्फका समानुपातिकको परिणाम सार्वजनिक हुने सरकार गठन हुने बताए । ‘संविधानमा रहेको त्रुटि पार गर्ने प्रयास गर्ने प्रयास भईरहेको छ’ उनले भने–‘सरकार गठन भएसँगै देशमा एउटा बलियो सरकार निर्माण हुनेछ ।’
उनले आगामी सरकारले मुलुकमा स्थायित्व कायम हुने र मुलुक आर्थिक विकासतिर उन्नमुख हुने विश्वास व्यक्त गरे । ‘आगामी सरकारले मुलुकमा स्थायित्व कायम हुने र मुलुक आर्थिक विकासतिर उन्नमुख हुन्छ ।’
निर्वाचनमा पार्टीलाई पराजय भोग्नु परेको विषयलाई केलाउँदै उप–प्रधानमन्त्री थापाले आफुहरु नेपाली काँग्रेससँग तालमेल गरेपनि काँग्रेसले ईमान्दारीता नदेखाएको कारणले मतपरिणाम संतोशजनक नभएको बताए । ‘काँग्रससँग तालमेल गरेपनि काँग्रेस ईमान्दार देखिएन’ उनले भने–‘काँग्रेसकै वेईमानीले राप्रपालाई पराजय भोग्नुप¥र्यो ।’
हिन्दु राष्ट्रको प्रसङ्गमा बोल्दै उनले जनताले आफूहरुलाई सडकमा र्पुयाएको भन्दै सडकबाटै हिन्दुराष्ट्र स्थापनाका लागि संघर्ष गर्ने बताए । ‘हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डा बोकेको पार्टी धर्मनिरपेक्षता सहितको गणतान्त्रिक संविधानलाई स्विकारेर पटक–पटक सरकारमा जाँदा जनतालाई पाच्य भएको छैन्’ उनले भने–‘आलोचनासहित संविधानमा सहकार्य गर्ने पार्टी नीति नबुझ्दा जनताले आफ्नो पार्टीलाई सडकमा पु¥याएछ ।’
उनले अब हामी जनताले निर्धारण गरेकै स्थानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डा स्थापनाका लागि क्रियाशील रहेको बताए । ‘पार्टीको नीति नबुझेर जनताले भोट नदिनुलाई विचार र सिद्धान्त अस्वीकार्य भएको भन्नु गलत हो’ उनले थपे–‘जनता अहिले पनि धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रकै पक्षमा छ ।’ उनले थपे कुनै पनि परिस्थितिमा मुलुकमा हिन्दु राष्ट्र कायम गरेर पार्टी श्वास लिने बताए ।