• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रेस काउन्सिललाई मधेश उप–समितिको आग्रह

राजविराज, १२ माघ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको मधेश उप–समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले बिगतमा प्रेस काउन्सिल नेपालले पत्रपत्रिका बर्गिकरणमा तराई मधेशका पत्रपत्रिकालाई बिभेद गरेको ठहर गर्दे आगामी दिनमा बर्गिकरणमा मधेशका पत्रपत्रिकालाई निष्पक्ष ढङ्गबाट वर्गिकरण गर्न केन्द्रीय समिति मार्फत काउन्सिललाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले उपसमितिको सदस्यमा धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र काठमाण्डौ शाखाका सचिव(मधेशी) विनयकुमार महतोलाई चयन गर्ने निर्णय गरेको छ ।
यसैगरि काठमाण्डौका कार्यरत मधेशी पत्रकारहरुको भेला गर्ने निर्णय गर्दे उपसमितिले गत असार साउनमा तराई मधेशमा आएको बाढीको रिपोर्टिङका बेला सञ्चार साधनमा क्षति भएका पत्रकारहरुलाई राहत प्रदान गर्न केन्द्रीय समितिलाई आग्रह गर्दे निर्णय समेत उपसमितिले गरेको मधेश उप–समितिका संयोजक अवधेशकुमार झाले जानकारी दिएका छन् ।