• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजनीतिज्ञ मण्डलले भने ‘गजेन्द्रको सपना साकार पार्न पथ विचलित नहुनुस्’

राजनीतिज्ञ मण्डलले भने ‘गजेन्द्रको सपना साकार पार्न पथ विचलित नहुनुस्’

राजविराज, १० माघ । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले मधेश र मधेशी जनताको हक अधिकारकालागि आजिवन संघर्ष गरेका स्व. गजेन्द्रनारायण सिंहको पथमा अगाडि बढ्न जननिर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
स्व. सिंहको १६औं पुण्यतिथिको अवसरमा बुधवार आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । लामो संघर्ष पश्चात देश संघीयतामा गएको चर्चा गर्दै नेता मण्डलले भने ‘मधेश र मधेशी जनताको हक अधिकारकालागि आजिवन संघर्ष गरेका स्व. गजेन्द्रनारायण सिंहको सपना साकार पार्न रतिभर पथ विचलित नहुन जननिर्वाचित जनप्रतिनिधिसँग आग्रह छ ।’
नेपाली जनताले गरेको ३० वर्ष लामो संघर्ष पछि २०४७ सालमा देशको संविधान निर्माण गर्ने बेलामा जनसंख्याको अनुपातमा जनप्रतिनीधित्वको व्यवस्था गर्नुपर्ने, सदियौदेखि शोषित, मधेशी, आदिावासी, जनजाती, दलित, मुस्लिम, महिलालाई राज्यको सबै अङ्गमा आरक्षणको व्यवस्था, नागरिकताबाट वञ्चित नेपाली नागरिकलाई सामुहिक रुपमा नागरिकता दिनुपर्ने माग सहितको ज्ञापन–पत्र स्व. सिंहको नेतृत्वमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बुझाउन जाँदा पुलिसले निर्ममतापूर्व लट्ठी प्रहार गरेको उनले स्मरण गराएका छन् । स्व. सिंहमाथि चरम दमन गर्दै भुइँमा लडाईदिएको, सहयोगीहरुमाथि लाठी प्रहार गर्दा भएको भागदौडमा सयौं जोडी जुत्ता–चप्पल सिंहदरबार छरपस्ट छरिएको दृष्य अझैं पनि मधेशी जनताकालागि अविस्मरणीय रहेको वरिष्ठ नेता मण्डलले चर्चा गरे ।
‘२००७ सालको क्रान्तिकालमा कांग्रेस नेता भट्टराई भारतीय सिमावर्ती कुनौली क्याम्पको ईञ्चार्ज रहेको बेला भएको सत्याग्रहमा स्व. नेता सिंह, कुशेश्वर पाठक, महेन्द्र राय अमातलाई फूलमाला लगाएर पठाईएको थियो’ वरिष्ठ राजनीतिज्ञ मण्डलले भने ‘त्यसक्रममा समेत नेता सिंहमाथि चरम दमन भयो तर भट्टराई नेतृत्वको सरकार समेत उनी सहित सहयोगीलाई चरम यातना दिईयो ।’ २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिगमनकारी व्यवस्था लादेको, विपक्षी सात दलले संविधानसभाद्वारा संविधान जारी गर्नुपर्ने लगायतका माग राखेर देशमा आन्दोलन भएको २०६२ वैशाख २५ गते आन्दोलनकारी सात दलको माग सम्वोधन भई माग पुरा भएको उनले बताए ।
खास गरेर शासकीय विभेदका कारण भाषा, संस्कृति, शिक्षा, अर्थ लगायतका क्षेत्रहरुमा समेत मधेश समृद्ध रहेको भन्दै उनले मधेशको अवशेष मात्र बाँकी रहेको २ नम्वर प्रदेशका ४८ प्रतिशत गरिबीको रेखामुनि पुगिसकेकोप्रति चिन्ता व्यक्त गरे । शहिदको सपना र स्व. गजेन्द्रनारायण सिंहको सपना साकार गर्न प्रदेश नम्वर २ मा विकासको लहर उत्पन्न गरी आम जनताको जीवनस्तर उच्च विन्दुमा पुर्याउन वरिष्ठ नेता मण्डलले जनप्रतिनिधिहरुसँग आग्रह गरेका छन् ।