• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छिन्नमस्ता र खडग नगरपालिकामा कम्बल वितरण

छिन्नमस्ता र खडग नगरपालिकामा कम्बल वितरण

राजविराज, ९ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका र खडग नगरपालिकाका विपन्न, बृद्ध, अति असक्त, एकल महिलालाई कम्बल वितरण गरिएको छ ।
नेपाल शेयर र क्रिएशन नेपालको सहयोगमा स्थानिय जनमुखि पब्लिकेसन प्रा.लि.को समन्वयमा एक सय विभिन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको हो । स्थानिय बुद्धिजीवि चन्देश्वर मण्डल, खडग नगरपालिका वडा नं. ८ का अध्यक्ष मो. इसराइल, कल्याण पोष्टका सम्पादक माला कर्ण लगायतको उपस्थितिमा सोमबार र मङ्गलवार गरी जम्मा ९८ थान कम्वल वितरण गरिएको वितरण कार्यक्रमका संयोजक ध्रुब कुमार मण्डलले जानकारी दिएका छन् ।
अत्याधिक चिसो बढ्दै गएपछि विपन्न बस्तिका चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको हो । चिसो मौसममा कम्बल दिई ठुलो सहयोग गरेको भन्दै कम्बल पाएका स्थानिय मुसहर समुदायका व्यक्तिहरुले खुशी व्यक्त गर्दै सहयोगी निकायलाई धन्यवाद दिएका छन् ।