बीरगञ्ज, ९ माघ । शिरिषको फुल समाजिक संस्थाद्वारा मङ्गलवार एक कार्यक्रमका बीच गरिब, दलित एवं एकल महिलाहरुलाई २ सय ८ थान कम्बल वितरण गरियो ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको वडा ३ नगरदाहा र वडा नम्वर–६ गम्हरियामा कम्बल वितरण गरिएको हो । स्थानिय गौतम बुद्ध बोर्डिङ्ग स्कुलको प्राङ्गणमा शिरिषको फुल समाजिक संस्था पर्सा जिल्ला अध्यक्ष चन्द्रप्रभाकर प्रसादको सभापतित्व एवं संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष रामकुमार खातिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले राजधानीबाट आएर मधेशका शीतलहर पिडितहरुलाई कम्बल वितरण गरेकोमा आयोजक संस्थालाई धन्यबाद दिए । कार्यक्रममा शिरिषका फुल सामाजिक संस्थाका प्रतिनिधिहरु पार्वती शर्मा, दिपेन कार्की, हरि माया तामाङ्ग, सबिना खाती, श्रीकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभासद जगत राई, ईमधेस अनलाईनका एसएम जहाँगस्त, प्रेस मञ्च पर्सा शाखाका कोषाध्यक्ष कृष्णा यादव, ज्येष्ठ नागरिकहरु धर्मदेव यादव, सुनरकली देवी, माया देवी, ईलाका प्रहरी चौकी सुगौलीका हवलदार गणेश राणभाट लगायतले कम्बल वितरण गरे ।
शिरिषको फुल समाजिक संस्था केन्द्रीय कार्यालय काठमाण्डौ वडा नम्वर १४ कुलेश्वरको आर्थिक सहयोगमा पर्सा शाखाले २ सय ८ थान कम्बल वितरण गरेको जनाईएको छ ।