राजविराज, ९ माघ । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्वर–१ स्थित खुरहुरियामा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम मङ्गलवार आयोजना गरियो ।
नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी,कर्नेल कामेश्वर यादवले आफ्नो आमा वर्षाती देवी यादवको ९ औं दिनको पुण्यतिथिको अवसरमा निःशुल्क स्वास्थ शिविरको आयोजना गरिएको हो । नेपाल प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा. संजिव कुमार यादवको नेतृत्वमा ५ सदस्यीय चिकित्सकको टोलीद्वारा महिला, पुरुष, बालबालिका समेत गरी कुल ४ सय १७ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको शिविर व्यवस्थापनमा सहभागी कैलाश कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार खुरहुरिया, जमुनी, मलेकपुर, छपकी, धौनकी, झल्ही, मलेकपुर लगायतका गाउँका सर्वसाधारणले सेवा लिएका छन् ।
शिविरमा नेपाल प्रहरी अस्पतालबाट प्राप्त करिब १ लाख रुपैयाँ भन्दा बढीको औषधी तथा डा. संजिव यादवले व्यक्तिगत रुपमा खरिद गरेर निःशुल्क वितरण गरेका बितरण कर्नेल कामेश्वर यादवले जानकारी दिएका छन् । स्वास्थ शिविरमा डा. संजिव कुमार यादव, डा.राजिव कुमार यादव, डा. ज्योती कुमारी यादव, डा.जीवन बस्नेत लगायतले सेवा दिएका छन् ।