• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

कोहलपुर एक्सप्रेसको ‘सिओडब्ल्यु काउ’ को भिडियो सार्वजनिक

कोहलपुर एक्सप्रेसको ‘सिओडब्ल्यु काउ’ को भिडियो सार्वजनिक

काठमाडौं, ८ माघ । दर्शकहरुको पर्खाइमा रहेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत ‘सिओडब्ल्यु काउ’ को भिडियो सोमबार सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।
विवाहका थिममा छायांकन गरिएको यो गीतमा लोकप्रिय संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर समावेश छ । गायनमा राजन राजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।
नृत्यपरक यो गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् । गीतमा अभिनेत्री रीमा विश्वकर्मा तथा गम्भिर विष्टको जोडीले आकर्षक नृत्य गरेको छ । दजनौं कोरससहितको उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी तथा विनोद न्यौपानेको आकर्षक नृत्य रहेको छ ।
उक्त गीतको भिडियो हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र नयाँ बर्षको अवसर पारेर आगामी वैशाखमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
युवा निर्देशक विशाल भण्डारीको निर्देशनमा अभिनेत्री केकी अधिकारीद्वारा निर्मित यो चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदि कलाकारले अभिनय गरेका छन् ।

भिडियो