• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धुर्मुस सुन्तली फाउन्डेसनलाई सूर्योदयको सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनलाई सूर्योदयको सहयोग

रौतहट, ६ माघ । रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले धनराशी सहयोग गरेको छ ।
संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो । मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो । कुनै पनि राजनीतिक दलमा आवद्ध नभई सहकारी सञ्चालन गरेका युवाहरुको समूहले आ–आफ्नो तलबको रकमबाट संकलन गरी सो राशी सहयोग गरेको संस्थाका संचालक मध्येका अविनाश केशरीले जनाएका छन् ।
संस्थामा कार्यरत कर्मचारीहरुको समुह शनिवार निर्माणधिण बस्ती मै पुगेर अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् । सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको संस्थाका अर्का सदस्य मिथिलेश साह बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल ‘धुर्मुस’ र कुन्जना धिमिरे ‘सुन्तली’ले सम्पुर्ण सहयोगी मनहरुमा सहयोग रकम जुटाएर सहयोग गर्नु भएकोमा र महाअभियानमा साथ दिएको भन्दै धन्यवाद समेत दिएका छन् ।