• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शैक्षिक सुधारमा पूर्व विद्यार्थीले सहकार्य गर्ने प्रतिवद्धता

शैक्षिक सुधारमा पूर्व विद्यार्थीले सहकार्य गर्ने प्रतिवद्धता

राजविराज, ६ माघ । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पुर्व विद्यार्थीहरुले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
विद्यालयमा शनिवार आयोजित पुर्व विद्यार्थीहरुको भेलाले यस्तो निर्णय गरेको हो । भेलाले परिवर्तन र विकासकालागि अरुको मुख ताक्न नहुने भन्दै पुर्व विद्यार्थी एवम् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष खतिवडाको संयोजकत्वमा १३ सदस्यिय समिति समेत गठन गरेको छ । भेलाले विद्यालय सहयोग कोष सञ्चालन तथा यसै आर्थिक वर्षदेखि कक्षा ११ को पढाई सुरु गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।
भौतिक पुर्वाधारका लागि दाताको आश गर्ने र पढाईएको जिम्मेवारी शिक्षकको काँधमा थुपारेर जिम्मेवारी मुक्त हुने प्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक स्तर दिन प्रतिदिन खस्कदै गएकाले आफनो ठाउँका बालवालिकाका लागि गुणस्तरीय शिक्षाको ग्यारेण्टि गर्न आफुहरु अग्रसर भएको पुर्व विद्यार्थीहरुले वताएका छन् ।
यसैगरी शनिवारै विद्यालयमा रक्तदान पनि गरिएको छ । कार्यक्रममा नगरपालिकाका मेयर उत्तमकुमार गौतम, नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष जोगेन्द्र भगत, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु हेमनरसिंह कार्की, दिनक राई, शम्भुवहादुर खड्का लगायतको समेत सहभागिता थियो ।