• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलिदानी दिवसको अवसरमा राजविराजमा प्रदर्शन

उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
बलिदानी दिवसको अवसरमा राजविराजमा प्रदर्शन

राजविराज, ५ माघ । मधेश आन्दोलन घटना छानविन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बलिदानी दिवसको अवसर पारेर शुक्रवार सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ ।
तराई–मधेशका अगुवाहरुले मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुलाई स्मरण गर्दै बलिदान दिवस मनाएको हो । उनीहरुले मधेश आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी गठित उच्च स्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोही पिडित संघर्ष समितिको आयोजनामा राजविराजमा विरोध प्रदर्शन समेत गरिएको छ । स्थानिय गजेन्द्रनारायण सिंह चौकबाट निकालिएको विरोध ¥यालीका सहभागीहरुले ‘उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर’, ‘लाल आयोग लागु गर’ नारा लगाउदै नगरपरिक्रमा गरेका छन् । कार्यक्रममा साहित्यकार करुणा झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व उपाध्यक्ष श्रवण देव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’, थर्ड एलायन्सका पूर्वाञ्चल संयोजक रणधीर चौधरी, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, अधिवक्ता मोहन कर्ण, शहिद दिलिप साहकी पत्नी पूनम साह, घाइते भुवनेश्वर मण्डल, मानवअधिकारकर्मीहरु जंगबहादुर सिंह, शिवेन्द्र कर्ण, अर्चना सिंह, संदिप कर्ण लगायत आन्दोलनका घाइते तथा सहिद परिवारको उपस्थिति रहेको थियो । उनीहरुले अविलम्व प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
संविधान निर्माणका बेला संविधानसँग सम्बन्धित प्रक्रिया तथा बिषयवस्तु र संविधान जारी भइसकेको अवस्थामा समेत संशोधनको माग गर्दै मधेसी, जनजाती, थारु तथा सिमान्तकृत समुदायहरुले आन्दोलन जारी राखेको समयमा प्रहरीको गोली प्रहारबाट ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
उक्त घटनाको छानबीनका लागि नेपाल सरकारले सर्वोच्च अदालतका पुर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ७ सदस्यीय जाँचबुझ आयोग गठन गरेका थिए ।