• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलिदानी दिवसमा गठबन्धन र मधेशी इन्जिनियरर्सद्वारा मैनबत्ती प्रज्जवलन

बलिदानी दिवसमा गठबन्धन र मधेशी इन्जिनियरर्सद्वारा मैनबत्ती प्रज्जवलन

राजविराज, ५ माघ । बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न स्थानमा शनिवार साँझ मैनवत्ती प्रज्जवलन गरिएको छ ।
मधेश इन्जिनियर्स एसोसिएसन र मधेशी इन्जिनियर्स स्टुडेन्ट युनियन(मेसु)द्वारा मधेश आन्दोलनको सम्झनामा राजविराज स्थित शहिद दशन चौकमा मैनवत्ती प्रज्जवल गरिएको हो । एसोसिएसनका अध्यक्ष ई. संजिवनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी महिला फोरमकी जिल्ला उपाध्यक्ष कोमल कुमारी यादव, मारवाडी युवा मञ्चका सदस्य सौरभ अग्रवाल, युवा नेता सत्येन्द्र नारायण यादव, मधेश इन्जिनियर्स एसोसिएसनका मिडिया संयोजक ई. भुपेन्द्र कुमार मिश्र, ड्रिम नेपाल युवा संघका अध्यक्ष बालानन्द देव, सह–सचिव दुर्गा शर्मा, एमपिएल क्रिकेट बोर्डका सचिव ई. अमित पाठक, कमल किशोर साहलगायत युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी मधेश गठबन्धन सप्तरीले समेत राजविराज स्थित गजेन्द्र चौकमा शहिदहरुको सम्झनामा बृहत रुपमा मैनवत्ती प्रज्जवलन गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टीका सह–महासचिव गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, संघीय समाजवादी फोरम नेपालका युवा नेता युसुफ अलि, राजपाका नेता विनोद कुमार यादव, वडा अध्यक्ष शम्भु यादव ‘लाली’समेतको सहभागिता रहेको थियो ।
यस्तै शुक्रवारै विहान प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, राजपाका केन्द्रीय सह–महासचिव गजेन्द्र कुमार मण्डल, युवा नेता लक्ष्मण यादव लगायतले गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।